टाटा मोटर्सको नयाँ आउटलेट बनेपामा

-



     सफल आवाज    
     फागुन ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ फागुन । टाटा मोटर्सले काभ्रे जिल्लाको बनेपामा आफ्नो नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले फागुनभित्रै सेवा पुर्‍याउने योजनासहित बनेपामा नयाँ आउटलेट विस्तार गरेको हो ।

बनेपामा सञ्चालित नयाँ आउटलेटको बिक्रेताको रूपमा लक्ष्मी अटो रहेको छ । बनेपामा कम्पनीको यो पहिलो आउटलेट हो । योसँगै नेपालभर टाटा मोटर्सको १९ वटा आउटलेट भएको छ ।