भारतमा सर्वाधिक बिक्री हुने टाटा नेक्सन

-



     सफल आवाज    
     फागुन २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ फागुन । सन् २०२२ को फेब्रुअरीमा टाटा नेक्सन भारतमा सर्वाधिक बिक्री हुने एसयूभी बनेको छ । कम्पनीका अनुसार यसले हुन्डाई, किया र महिन्द्राका एसयूभीलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको हो ।

टाटा मोटर्सले गत जनवरीमा मात्रै हुन्डाई, किया र मारुती सुजुकीलाई पछाडि पार्दै शीर्ष स्थानमा आउन सफल भएको थियो । टाटाले जनवरीमा १३ हजार ८१६ वटा नेक्सन बिक्री गरेको थियो । फेब्रुअरीमा भने कम्पनीले १२ हजार २५९ वटा नेक्सन एसयूभी बिक्री गरेको छ ।

कम्पनीका अनुसार गत वर्षको सोही महिनाको समग्र बिक्रीदरको तुलनामा ५४.६ प्रतिशतले बढी हो । टाटाले सन् २०२१ को फेब्रुअरीमा भने ७ हजार ९२९ वटा नेक्सन बिक्री गरेको थियो ।