
काठमाडौं, ६ चैत । आकर्षक लुक्स भएको प्रोटोन एसयूभि एक्स ५० को गाडी अब केही दिनमै नेपालमा बिक्री शुरु गरिने भएको छ ।
मलेसियन ब्राण्डको सो गाडी नेपालमा यहि चैतको ९ गतेबाट बिक्री सुरुआत गर्न लागिएको हो । गाडीलाई नेपालका लागि अधिकृत बिक्रेता जगदम्बा मोटर्सले बिक्रीमा ल्याउन लागेको हो । प्रोटोन एक्स ५० नेपालमा तीन भेरियन्टमा उपलव्ध हुनेछ ।
यो गाडी स्टान्डर्ड, प्रिमियम र फ्ल्यागसिप भेरियन्टमा रहेको छ । प्रोटोन एक्स ५० मा १.५ लिटर टर्बोचार्ज, थ्री सिलिण्डर रहेको छ । फ्ल्यागसिपमा टिजिडीआई टर्बोचाज्र्ड थ्री पेट्रोल सिलिण्डर रहेको छ ।
टिजिडीआईमा १३० पिएस पावर तथा २५५ एनएम टर्क बढाएर १५० पिएस, २२६ एनएम टर्क उत्पादन गर्नेछ । कम्पनीका अनुसार गाडीमा मिड रेन्ज एसयूभिका सौखिनहरुका लागि प्रोटोन सुहाउँदो हुनेछ । यसमा ६ वटा एयरब्याग, इबीएस, एबीएस, अटो हेडलाईट, ढोकामा टच सेन्सर रहेको छ ।
चैतको ९ गतेबाट बिक्रीमा ल्याउन लागिएको गाडी प्रोटोन एक्स ५० को मूल्य ७१ लाख ९९ हजार रहेको छ । प्रिमियमको ७९ लाख ९९ हजार र फ्ल्यागसिपको ८४ लाख ९९ हजार पर्ने भएको छ ।
नेपालमा प्रोटोन एक्स ५० स्नो ह्वाईट, अरम्युर सिल्भर, ओसन ब्यु कलर भेरियन्टमा रहेको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




