
काठमाडौं ८ चैत । इटालीको उत्कृष्ट बाइक, बेनेलीले नयाँ क्याम्पेनअन्तर्गत ‘सोझै २५,००० क्यास डिस्काउन्ट,’ नो सेयर, नो लक, नो स्क्रयाच कुपन योजना ल्याएको छ । नयाँ वर्ष २०७९ को अवसरमा नेपालमा रहेका बेनेली बाइक र स्कुटरका सबै भेरियन्टका लागि २५ हजार सम्मको नगद छुटको घोषणा गरेको छ ।
बेनेली बाइकका सबै नयाँ ग्राहकहरुले यो नगद छुट प्राप्त गर्न सक्नेछन् । यो अफर नगद, फाइनान्स वा एक्सचेन्जबाट गरिएको कुनै पनि खरिदमा उपलब्ध रहेको छ । ईटालियन ब्राण्ड बेनेलीका प्रिमियम, प्रिमियम प्लस र टुर सृग्मेन्टका बाइकहरु नेपालमा उपलब्ध छन् भने हालै सार्वजनिक भएको स्कुटर बेनेली पनेरा १२५ लोकप्रिय बन्दै गएको छ । बेनेली बाइकहरु अत्याधुनिक सुविधाहरु, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका कारण विश्वभर लोकप्रिय मानिन्छन् ।
सबै प्रकारका राइडरहरुको आवश्यकता पूरा गर्ने बेनेलीको १५० सीसीदेखि ७५२ सीसीसम्मका विभिन्न बाइकहरु नेपालमा उपलब्ध छन् । बेनेली ब्रान्ड परिष्कृत सुविधा, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका लागि विश्वव्यापी रुपमा परिचित छ ।
नेपालमा उपलब्ध बेनेलीका उत्पादनहरुमा टीएनटी १५ आफ्नो सेग्मेन्टमा सबैभन्दा किफायती जसमा ट्रेनिर फ्रेम, अपसाइड डाउन फोर्कस् र ईएफआइ इलेक्ट्रोनिक फिउल इन्जेक्सन छ । १८० एस आक्रामक तर आरामदायी छ । टीआरके २५१ प्यारालाल ट्विन इन्जिनसहित साहसिक यात्रा गर्नेहरुका लागि यसको डिजाइन गरिएको हो ।
७५२ एस जसले नेपालका बाटोहरुका लागि थप शक्ति र बल प्रदान गर्दछ । बेनेलीले भर्खरै ९४ किलो तौलसहित थुप्रै सुविधाहरु रहेको पानारिया १२५ नेपालमा उपलब्ध गराएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




