
काठमाडाैं,२८ चैत । कोरोना महामारीबाट थलिएको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेको छ । पछिल्ला दिनहरूमा नेपाल भित्रने बाह्य पर्यटकहरूको संख्यामा उत्साहजनक वृद्धि हुन थालेसँगै यो क्षेत्र चलायमान बन्न थालेको हो । अध्यागमन विभागका अनुसार गत शनिवार मात्रै नेपालमा २ वर्ष यताकै सर्वाधिक बढी विदेशी नागरिक नेपाल आएका छन् ।शनिबारमात्र विभिन्न मुलुकहरूबाट २ हजार ५ सय ९३ विदेशी नागरिक नेपाल भित्रिएका हुन् ।
कोरोना महामारीपछि पर्यटन क्षेत्र चलायमान भइरहेको प्रमाणको रुपमा यसलाई सरोकारवालाहरूले देखाएका छन्। विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले २०१९ यताकै बढी विदेशी शनिबार नेपाल आएको जानकारी दिए । भट्टराईका अनुसार, अप्रिल महिनामा १९ हजार ५ सय ९२ विदेशी नेपाल आएका छन् । जसमध्ये सरदर २ हजारको संख्यामा विदेशी नागरिक नेपाल आएका छन् ।
२०२२ शुरू भएयता ९८ हजार ६ सय ४ जना विदेशी नागरिक नेपाल आएको अध्यागमन विभागको तथ्यांक छ । जनवरी १ देखि अप्रिल १० सम्ममा करिब एक लाख नागरिक नेपाल आउनु सुखद् भएको महानिर्देशक भट्टराई बताउँछन् । उनले भने,‘कोभिडले आक्रान्त पारेको पर्यटन क्षेत्र विस्तारै चलमलाउँदै छन् भन्ने यस तथ्यांकले देखाउँछ, यो सुखद् कुरा हो ।’
यी हुन् विदेशी नागरिक आएका टप ११ मुलुक
विभागका अनुसार एयरलायन्समार्फत नेपाल आउने विदेशी नागरिकहरूमा भारतका नागरिकहरू सर्वाधिक बढी छन् । यसपछि अमेरिका, युके, अष्ट्रेलिया, बंगलादेश, जर्मनी, फ्रान्स, क्यानडा, स्पेन, नेदरल्याण्डबाट बढीमात्रामा पर्यटकहरू नेपाल आएका छन् । यस्तै नेपालमा बढी पर्यटक आउने देशहरूको सूचीमा चीन ११ औं नम्बरमा रहेको विभागले जनाएको छ ।
दैनिक ५० समूहलाई ट्रेकिङ अनुमति
महानिर्देशक भट्टाईका अनुसार पछिल्ला दिनहरूमा दैनिक करिब ५० समूहले ट्रेकिङको इजाजत पाउने गरेका छन् । यस्तै हिमाल आरोहणमा आउनेहरूको संख्या भने आशातित रूपमा नबढेको उनले बताए । कोरोना महामारीका समयमा विभिन्न नीतिका कारण सुस्ताएको पर्यटन क्षेत्र नीतिमा सहजतासँगै पुनः चलमलाएका छन् ।
अहिले सरकारले विदेशबाट आउने नागरिकलाई कोभिड खोप लगाएको अवस्थामा पीसीआर परीक्षण गर्नुनपर्ने व्यवस्था गरेको छ । यस्तै उनीहरूलाई क्वारेन्टीनमा समेत बस्नु नपर्ने व्यवस्था गरेसँगै पछिल्ला दिनहरूमा पर्यटक आवागमनको संख्या बढेको अध्यागमन विभागका महानिर्देशक भट्टराई बताउँछन् । उनले भने,‘अहिले विदेशीहरू नेपाल आउने क्रममा नीतिनियममा समेत सहजीकरण भएपछि पर्यटकको संख्या बढेको देखिन्छ ।’








पोखरा, ५ मंसिर । नेस्ट पोखराको कार्यक्रमले पोखरा महानगरपालिका वडा नम्बर १५ मा रहेका अव्यवस्थित…
काठमाडौँ, ५ मंसिर । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आगामी…
नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ… 




