चालू खाता घाटा साढे ४ खर्ब बढी, शोधनान्तर स्थिति पनि घाटामै

-



     सफल आवाज    
     चैत्र ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० चैत । चालू आर्थिक वर्ष २०७८/७९ मा मुलुकको चालू खाता घाटा ४ खर्ब ६२ अर्ब ९३ करोड रूपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार मुलुकको चालू खाता घाटा ४ खर्ब ६२ अर्ब ९३ करोड पुगेको देखिएको हो । गत वर्ष यस्तो चालू खाता घाटा १ खर्ब ५१ अर्ब मात्रै थियो ।

यो अवधिसम्ममा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोड रूपैयाँले घाटामा छ । यस्तो शोधनान्तर स्थिति गत वर्षको फागुनमा ६८ अर्ब १ करोड रूपैयाँ बचतमा थियो ।

चालू आर्थिक वर्षको ८ महिनासम्ममा देशको ढुकुटीमा रहेको विदेशी मुद्राको सञ्चिति ११ खर्ब ७१ अर्ब रूपैयाँ (९ खर्ब ५८ करोड डलर) मात्रै रहेको छ । यस्तो विदेशी मुद्राको सञ्चिति गत वर्षको फागुनमा १४ खर्ब ३६ अर्ब रूपैयाँ रहेको पनि राष्ट्र बैंकले जानकारी दिएको छ ।