विदेशमा रहेका नेपालीलाई पनि लगानीको अवसर : सरकारले स्थापना गर्ने भयो सञ्चित लगानी कोष

-



     सफल आवाज    
     वैशाख १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ बैशाख । विदेशमा रहेका नेपालीको लगानी अवसर सिर्जना गर्न सरकारले सञ्चित लगानी कोष स्थापना गर्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रोजगारी वा अन्य शिलशिलामा विदेशमा बसेका नेपाली नागरिकहरूमा समेत लगानीको अवसर सिर्जना गर्नका लागि कोष स्थापना गर्ने निर्णय लिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । 

अर्थमन्त्री शर्माका अनुसार सरकारले स्थापना गर्न लागेको सो कोषमा विदेशमा रहेका नेपालीले मासिक दुई/चार हजार डलरसम्म जम्मा गर्न सक्नेछन् ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले बुधबार आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा मन्त्री शर्माले भने, ‘हामी सञ्चित लगानी कोष स्थापना गर्दै छौँ । विदेशमा रहेका नेपालीले मासिक दुई/चार हजार डलरसम्म जम्मा गर्न सक्छन् । त्यो कोषलाई उच्च प्रतिफल दिने आयोजनामा खर्च गर्नेछौँ ।’

सो कोषमा सरकारका तर्फबाट समेत रकम थप गरिने उनले जानकारी दिए ।