बिन्ध्यवासिनी हाइड्रोपावरले वैशाख ११ गतेबाट आईपीओ निष्काशन गर्दै

-



     सफल आवाज    
     वैशाख २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ वैशाख । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख ११ गतेदेखि सेयर निष्काशन गर्ने बताएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर बिक्रीमा ल्याउन लागिएको हो ।

प्रतिसेयर १०० रुपैयाँ मूल्य अंकित दरमा १० लाख कित्ता सेयर निष्काशन गर्न लागिएको हो । लमजुङको क्व्होलासोथर गाउँपालिकाका वडा नं ५, ६ र ७ र कास्कीको मादी गाउँपालिकाका वडा नं ८ र ९ का जनताका लागि ७ लाख कित्ता सेयर रहेको छ । बाँकी ३ लाख कित्ता सेयर मुख्य आयोजनासंग जोडिएका क्व्होलासोथर गाउँपालिका र मादी गाउँपालिका बाँकी वडाका जनताका लागि रहेको छ ।

लगानीकर्ताले छिटोमा वैशाखको २५ गतेसम्म आवेदन दिन पाउने छन् । ढिलोमा जेठको ९ गतेसम्म आवेदन पेश गर्न सकिने भएको छ ।

आवेदन दिनका लागि सानिमा बैंकका पोखरा र विरौटा शाखा, सिभिल बैंक, कामना सेवा विकास बैंक पोखरा, बेसिशहर, पोखरा फाइनान्स र बेसिशहर शाखा र आयोजनाको कार्यालयबाट आवेदन दिन सकिनेछ । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० तथा बढिमा १ लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।