राष्ट्रिय कृषि गणना आजदेखि शुरू

-



     सफल आवाज    
     वैशाख ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ वैशाख । मंगलवार (आज)देखि सातौँ कृषि गणना शुरू हुँदैछ ।

७ सय ५३ पालिकाका ३ लाख ५० हजार किसानका घरमा पुगेर आजदेखि कृषि गणना गर्न लागिएको हो ।

जसका लागि ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

विभागले जनगणना जस्तै हरेक १० वर्षमा कृषि गणना पनि गर्दै आएको छ । विभागले पहिलो कृषि गणना वि.सं. २०१८ सालमा गरेको थियो ।

कृषि गणना बैशाख १९ गतेसम्म चल्ने विभागले जनाएको छ ।