
काठमाडौं, ८ वैशाख । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म आउँदा खुद नामामा बृद्धि गरेको जनाएकाे छ ।
संस्थाको सार्वजनिक भएको यस आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको वित्तीय विवण अनुसार लघुवित्तको नाफामा बृद्धि भएको देखिएको हो ।
लघुवित्तको नाफा २४.६५ प्रतिशतले बढेर ९ करोड ४३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोहि समयमा यो नाफा ७ करोड ५६ लाख रहेको थियो । संस्थाका अनुसार खुद ब्याज आम्दानी र संचालन नाफामा भएको बृद्धिसंगै खुद नाफा पनि बढेको हो ।
लघुवित्तको खुद ब्याज आम्दानी ३६.७६ प्रतिशत बढेको छ । संचालन आम्दानी ३३ं३४ प्रतिशत, संचालन नाफा २४.३४ प्रतिशतले बढेको छ ।
यस्तै लघुवित्तको चुक्ता पूँजी १० प्रतिशतले बढेको छ । संस्थाको जगेडा कोषमा २१.९६ प्रतिशत, सापटी २५.४५ प्रतिशत तथा कर्जामा ४५.२२ प्रतिशत बढेको छ ।
लघुवित्तको यस अवधिमा प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६२ पैसा, नेटवर्थ १२१ रुपैयाँ र मूल्य आम्दानी ४०.२ गुणा पाईएको छ ।






काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



