ग्लोबल आइएमई बन्याे बढी नाफा आर्जन गर्ने पहिलो बैंक

-



     सफल आवाज    
     वैशाख ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ वैशाख । ग्लोबल आइएमई बैंक सबैभन्दा बढी नाफा कमाउने बै‌क बन्न सफल भएको छ । संचालानमा रहेका २७ वाणिज्य बैंकहरुमध्येमा ग्लोबल आइएमई बैंक सबैभन्दा बढी नाफा आर्जन गर्न सक्षम भएको हो ।

बैंकको सार्वजनिक भएको चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकले बैंकले बढी नाफा कमाएको देखिएकाे छ।

यस आर्थिक वर्षको चैत अन्तिमसम्म बैंकले ३ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिकोभन्दा ४.१३ प्रतिशतले बढि हो । गएको वर्ष सोहि अवधिमा बैंकको खुद नाफा ३ अर्ब ५७ करोड ८२ लाख रहेको थियो ।

बैंकले समिक्षा अवधिमा ७ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । १ अर्ब २५ करोड ९ लाख कमिसन आम्दानी गरेको छ भने संचालन नाफा ५ अर्ब १७ करोड ५६ लाख रहेको छ ।

बैंकले १० प्रतिशत बोनस बितरण गरेको थियो । जस्को कारण प्रतिसेयर आम्दानी घटेको छ । जो १ रुपैयाँ १७ पैसा घटेर २० रुपैयाँ ८८ पैसा कायम भएको छ । यस अवधिमा नेटवर्थ १४९ रुपैयाँ ४५ पैसा र मूल्य आम्दानी रेसियो १४.३५ गुणा रहेको छ ।

बैंकको चुक्ता पूँजी १० प्रतिशतले बढेको छ । जगेडामा ६.१२ प्रतिशतले बढेको छ । चैतको अन्तिमसम्म २ अर्ब ६९ अर्ब ८ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । २ खर्ब ६० अर्ब २० करोड ९६ लाख रुपैयाँ कर्जामा प्रवाह गरेकाे छ ।