अन्तिम दिन सेयर बजार सकारात्मक लयमा, कारोबारमा आज पनि नेष्डो अब्बल

-



     सफल आवाज    
     वैशाख ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ वैशाख । अघिल्लो दिन नकारात्मक लयमा गएको सेयर बजार साताको अन्तिम कारोर हुने दिन सकारात्मक लयमा देखिएको छ । केहि समय अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीचको टसलले वजार प्रभावित भएको थियो ।

विदेशबाट आएको ठूलो रकमलाई केरकार र सोधिखोजि गर्न थालेपनि अधिकारीलाई निलम्बन गरिएको थियो । अधिकारी कानूनी उपचारको लागि अदालत गएपछि अदालतले उनलाई बुधबारबाट काममा फर्काएको थियाे । सो दिन सेयर बजार राताम्मै भएको भएपनि यसदिन भने दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.९४ अंकले बढेर २३२५.४५ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.०६ अंकले बढेर ४४३.१४ विन्दुमा पुगेको छ ।

कुल २३१ कम्पनीको सेयर कारोबार भएको छ । ३९ लाख ९१ हजार ५१ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ५ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । बाँकी ८ वटा उपसमूहमा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ ।

यसदिन बैंकिङ, व्यापार, फाइनान्स, नीर्जिवन बीमा र म्युचुअल फण्ड समूहले गुमाएका छन् । होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी उपसमूहको बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढि नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको कारोबार भएको छ । संस्थाको १० करोड ३६ लाख २७ हजार २९ रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन पनि नेष्डो कारोबारमा अगाडी रहेको थियो ।