आयमा कर छुटको सीमा परिमार्जन गर्न उद्योगी व्यवसायीको माग

-



     सफल आवाज    
     वैशाख १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ वैशाख । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा आयमा कर छुटको सीमा व्यक्तिको लागि ७ लाख र दम्पतिको लागि ८ लाख बनाउन उद्योग व्यवसायीले माग गरेका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघलले आगामी आव २०७९/८० को बजेट पुर्वको छलफल कार्यक्रममा महासंघका राजस्व अनुसन्धान समितिले यस्तो माग गरेको हो ।

समितिका अध्यक्ष सन्दिप अग्रवालले सरकारले रेमिट्यान्स पठाउनेलाई इन्सेटिभ दिनुपर्ने र पासपोर्ट बनाउदा लाग्ने खर्च घटाउनु पर्ने समेत समितिको माग रहेको बताए ।

नेपालको खाद्य सुरक्षा र आयात घटाउन गहुँ, मकै फलफूल र तरकारी उत्पादनमा जोड दिनुपर्ने समेत समितिको माग छ ।
कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपालमा कसले र कुन क्षेत्रमा कति कर उठाउने भन्ने अध्ययन नै नभएको टिप्पणी गरेका थिए ।

आगामी बजेटमाथिको छलफलका क्रममा महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए ।

उनले अर्थतन्त्रको वर्तमान चुनौतीको समाधान सरकारले आगामी बजेट मार्फत गर्न सक्नुपर्नेमा जोड दिए । अहिलेको अर्थतन्त्रको चुनौती समस्या समाधान उत्पादन र उत्पादकत्व बढाउनु नै भएको उनको भनाइ छ ।