बिदेशी मदिरा, गाडी, माेबाइल सहित १० प्रकारका सामाग्री आयातमा सरकारले लगायाे प्रतिबन्ध (सूचीसहित)

-



     सफल आवाज    
     वैशाख १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ वैशाख । सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउन प्रतिबन्ध गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० प्रकारका विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाएको हो ।

मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी ती सामानहरू नेपाल भित्र्याउन प्रतिबन्ध गरिएको जानकारी दिएको छ । यस्ता सामानहरू असार मसान्तसम्मका लागि आयातमा रोक लगाइएको राजपत्रमा उल्लेख गरिएको छ ।

मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ । यसैगरी वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि प्रतिबन्ध लागू नहुने भनिएकाे छ ।

यी हुन् प्रतिबन्धित सामाग्री :
१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरू
२. सबै प्रकारका तयारी मदिरा
३. चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ)
४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)
५. मोबाइल सेट
६. रंगीन टेलिभिजन (९३२ इञ्चभन्दा माथिका )
७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)
८. २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल
९. सबै प्रकारका खेलौनाहरू
१०. खेल्ने तास