
बिराटनगर, १८ वैशाख । नेपाल विद्युत प्राधिकरणले बिना सूचना नै विद्युत आपूर्ति रोक्दा उद्योगहरू समस्यामा परेका छन् ।
प्राधिकरणले पछिल्लो समय पूर्वसूचना बिना नै विद्युत आपूर्ति अवरुद्ध गर्दा उत्पादन प्रक्रियामा नै अवरोध हुन गइ क्षति पुग्दा उद्योगहरू समस्यामा परेका हुन् ।
पूर्वका उद्योगीहरूले संयुक्त रुपमा पत्रकार सम्मेलन आयोजना गरी लोडसेडिङ तालिका सार्वजनिक गर्न विद्युत प्राधिकरणसँग माग समेत गरेका छन् ।
केही दिनदेखि पूर्वसूचना बेगर औद्योगिक क्षेत्रमा १२ घण्टाभन्दा बढी विद्युत आपूर्ति अवरोध हुँदै आएकोमा दुई दिनदेखि २४ सै घण्टा विद्युत आपूर्ति ठप्प भएपछि उद्योगीहरू समस्यामा परेको भन्दै उद्योग संगठनहरूले सामूहिक रुपमा लोडसेडिङ तालिका माग गरेका छन् ।
मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश १ ले संयुक्त पत्रकार सम्मेलन गरी लोडसेडिङ तालिका माग गरेका हुन् ।
दुई वर्षदेखि कोभिडको महामारीबाट थला परेका उद्योग व्यवसाय क्षेत्रले केही महिनायता भोग्नु परेको वित्तीय संकट तथा बढदो ब्याजदरले मरणासन्न पुर्याएको अवस्थामा बिना पूर्वसूचना विद्युतमा भएको यस प्रकारको अवरोधले उद्योग करकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको उद्योगीहरुको भनाइ छ ।
यो अवस्थामा सम्बन्धित निकाय गम्भीर भई तत्काल विद्युत आपूर्ति सूचारु नगर्ने हो भने सम्पूर्ण उद्योगहरु बन्द गर्न बाध्य हुने र यसबाट सिर्जना हुने थप भयावह अवस्थातर्फ गम्भीर हुन सम्बन्धित पक्षलाई समयमै सचेत हुन आग्रह गर्दै आगामी मंगलबारसम्म हाम्रा मागहरुको उचित सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने समेत उनीहरूले बताएका छन् ।
उद्योगीहरूले उद्योग सञ्चालनमा अक्सिजनको भूमिका निर्वाह गर्ने विद्युतको निरन्तर आपूर्तिलाई प्राधिकरणको प्रतिष्ठा मै प्रश्न चिन्ह लाग्ने गरी कुनै पनि तालिका सार्वजनिक नगरेको भन्दै पटक–पटक आपूर्ति बन्द गरिदिँदा उत्पादनको क्रममा रहेका कच्चा पदार्थहरु खेर जानुका साथै श्रमिकहरुको व्यवस्थापनमा समेत कठिनाई उत्पन्न भएको गुनासो गरेका छन् ।
यस्तो अवस्था रहेमा अति आवश्यक वस्तुलगायत सम्पूर्ण उत्पादन प्रक्रियानै ठप्प भई आपूर्ति श्रृखंला अवरोध हुनेतर्फ सम्बन्धी निकायलाई सचेत गराउँदै हाल उत्पन्न समस्याको तत्काल समाधान गर्न उनीहरूले सुझाव दिएका छन् ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




