आगामी बजेटका लागि अर्थ मन्त्रालयले गर्‍यो पूर्वअर्थमन्त्रीहरूसँग छलफल

-



     सफल आवाज    
     वैशाख १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ वैशाख । अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेटका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेको छ । आइतवार अर्थमन्त्रालयले पूर्वअर्थमन्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरूसँग छलफल गरेको हो ।

छलफलमा अर्थमन्त्री जनार्दन शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वअर्थमन्त्री वर्षमान पुन, पूर्वअर्थमन्त्री एसपी कोइराला लगायतको उपस्थिति रहेको थियो ।

बजेट निर्माणका लागि पछिल्लो समय अर्थमन्त्रालयले कार्यतालिका नै प्रकाशन गरी सरोकारवालाहरूसँग छलफल गरिरहेको छ ।