सौर्य मिनी ग्रिड निर्माणका लागि ग्लोबल आइएमई बैंक र बैकल्पिक उर्जा प्रवर्धन केन्द्रबीच सम्झौता

-



     सफल आवाज    
     वैशाख २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ वैशाख । ग्लोबल आइएमई बैंक तथा बैकल्पिक उर्जा प्रवर्धन केन्द्रबीच सौर्य मिनी ग्रिड परियोजनाका लागि सम्झौता सम्पन्न भएको छ ।

नेपाल सरकार तथा बैकल्पिक उर्जा केन्द्रबीच मिनी ग्रिड परियोजनाका लागि सहायक ऋण सम्झौता अनुसार योजना कार्यान्वयनमा लैजान केन्द्रले बैंकलाई रकम उपलव्ध गराउने भएको छ । सो रकमलाई ग्लोबल आइएमई बैंकबाट १०० पधउ सौर्य मिनी ग्रिड अन्तर्गत निर्माण, जडान र विजुली वितरणका लागि ऋण दिईने भएको हो ।

ऋण सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा बैकल्पिक उर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक डा.मधुसुधन अधिकारीले हस्ताक्षर गरेका हुन् ।

बैंकले साना तथा मझौला व्यवसायलाई प्रवर्धन गर्न वित्तीय सुविधा प्रदान गर्दै आएको छ । सुगमबाट पर रहेका दुर्गम क्षेत्रका साना परियोजनाहरुको लागि बैंकले बैंकिङ सुविधा प्रदान गर्ने जानकारी दिएको छ ।