महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले गरे मतदान

-



     सफल आवाज    
     वैशाख ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० वैशाख नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मतदान गरेका छन्। ढकालले काठमाडौंको विशालनगरमा रहेकाे मतदान केन्द्रबाट मत हालेका हुन्। 

मतदान गरेपछि ढकालले निर्वाचनपछि देशकाे व्यावसायिक क्षेत्रले गतिलिने अपेक्षा राखेकाे बताए । उनले भने, सबैकाे उत्साहजनक सहभागिता भइरहेकाे छ ।

देशभरका कुल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान जारि छ ।मतदाताले अपराह्न ५ बजेसम्म मतदान गर्न पाउने छन् । यस पटक देशभर एकैदिन गरिएकाे छ।