केहि स्थानकाे मतगणना आज साँझदेखि सुरु हुने

-



     सफल आवाज    
     वैशाख ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका छन् । उनले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गरेका हुन् ।

अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताए। थपलियाले मतदान प्रक्रिया सकिए लगत्तै आजै मतगणना कार्य प्रारम्भ हुने बताएका छन् । थपलियाले सम्भव भएसम्म करीव २० प्रतिशत स्थानको मतगणना आज साँझ सुरु हुने जानकारी दिए ।

उनले आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गरे । मतदान गर्नुअघि उनले मतदानस्थलको अवलोकन गरेका थिए ।