डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य फेरि बढ्यो

-



     सफल आवाज    
     वैशाख ३१ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३१ वैशाख । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको पुनः मुल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रति लिटर १० रुपैया बढाउने निर्णय गरेको हो ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ ।डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको जनाएको छ ।