काठमाडौं महानगरमा बालेन र पोखरामा धनराजको अग्रता

-



     सफल आवाज    
     जेठ १ गते २०७९ मा प्रकाशित




काठमाडौं, १ जेठ । स्थानिय तहको निर्वाचनमा विशेष गरी काठमाडौंपछि सबैभन्दा ठूलो महानगरपालिका पोखरा महानगरपालिकामा मत परिणाम कस्तो आउला भनेर सर्वत्र चासो बढेको पाइएकाे छ ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह शुरुबाटै अग्रतामा रहेका छन् । बिहान ७ वजेसम्मको गणनामा स्वतन्त्र उम्मेदवार बालेनले १५७५ मतले अग्रता लिएका हुन् । प्रतिष्पर्धी एमालेबाट केशव स्थापितले ९८५ मतपाएका छन्।

उपमेयरमा एमालेकी सुनिता डंगोल १७४३ मतका साथ अगाडी छन् । एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५१६ मत पाएका छन् ।

पोखरा महानगरपालिकाको मत परिणाम अनुसार नेकपा एकिकृत समाजवादीका धनराज आचार्यले ६१३ मत ल्याएका छन् । पछिपछि एमालेका मेयरका उम्मेदवार कृष्ण बहादुर थापाले ५८३ मत ल्याएका छन् ।

उपमेयरकी उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले ७१६ मत ल्याएकी छन् । पछिपछि एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ५८३ मत प्राप्त गरेकी छन् ।