भरतपुर महानगरको स्थगित मतगणना पुन: सुरु गर्ने सहमति

-



     सफल आवाज    
     जेठ १ गते २०७९ मा प्रकाशित



चितवन १ जेठ । नेकपा एमालेले चितवनको भरतपुर महानगरमा भइरहेकाे मतगणनामा असहमति जनाएर विराेध गरेपछि मतगणना स्थगित भएको मतगणना सुरु गर्ने सहमति भएकाे छ । स्वस्तिक छाप मधुराे र मसी बढी परेकाे मतलाई बदर गरेपछि एमालेले विराेध गरेकाे थियाे ।

यसअघि मतगणनाको क्रममा मतपत्रमा लगाइएको मधुराे छापको कारण मतपत्र बदर गरेकाे विषयलाई लिएर एमालेले असहमति जनाएको हो ।

मुख्य निर्वाचन अधिकृतले सूर्यमा लागेको छाप मधुरो भएको कारण बदर गरेपछि एमालेका त्यहाँ रहेका प्रतिनिधिले विरोध गरेका थिए । गणनाको क्रममा अरु मतपत्रमा पनि मधुरो छाप रहेकोमा बदर नगरेका तर पछिल्लो मतपत्रमा लागेको छाप मधुरो भएको कारण देखाउँदै बदर गरियो यसमा हाम्रो चित्त बुझेन र विरोध गर्यौं एमाले प्रतिनिधिले भने ।

एमाले प्रतिनिधिको विरोधको कारण स्थगित भएको मतगणना र निकासका लागि सर्वदलिय वैठकमा सहमति भएपछि पुन: सुरु हुँदैछ ।