
काठमाडौं, १ जेठ । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको अग्रता कायमै रहेको छ । महानगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षमा गठबन्धनको उम्मेदवारहरुले अग्रता कायम गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले दुई हजार २१२ मत प्राप्त गरेकी छन् । त्यस्तै प्रमुख पदमा नेकपा (एमाले)का विजय सुवेदीले दुई हजार १८९ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७३२ मत प्राप्त गरेका छन् । दाहालले २३ मतले अग्रता कायम गरेकी छन् । उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले दुई हजार ४३६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) सहितको गठबन्धनकी राप्रपाकी हिमला गुरुङ्ले एक हजार ६५ मत प्राप्त गरेकी छन् ।
वडा नं २ मा वडाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका मनोज रानाभाटले एक हजार २४९ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार कृष्ण केसीले एक हजार २२५ मत प्राप्त गरे । सो वडामा दुई हजार ९०० मत गणना भएको छ । वडामा कूल चार हजार ८०८ मत खसेको छ । यसअघि वडा नम्बर १ मा गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका केशव महर्जन विजयी भए।
भरतपुर महानगर पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाका अन्य पालिकाहरुमा रत्ननगर, खैरहनी, कालिका, राप्तीमा पाँच दलीय गठबन्धनको अग्रता रहेको छ भने माडी र इच्छाकामनामा नेकपा (एमाले)ले अग्रता कायम गरेको छ ।
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता
यता स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । पोखरा महानगरको वडा नं १, २, १२ र २३ को तीन हजार ५०० मत गणनामा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले एक हजार ३४९ मत प्राप्त गरी अग्रता लिएका छन् ।
त्यसैगरी नेकपा (एमाले)का प्रमुखका उम्मेदवार कृष्णबहादुर थापाले एक हजार २५० मतसहित आचार्यलाई पछ्याएका छन् । उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले एक हजार ४५० मतसहित अग्रता बनाएकी छन् । उनकी प्रतिस्पर्धी मञ्जुदेवी गुरुङले एक हजार ४०५ मतसहित रानाभाटलाई पछ्याइरहेकी छन् ।






काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



