
काठमाडौं, १ जेठ । स्थानिय तहको वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा अहिलेसम्म नेकपा एमालेले १४ स्थानमा प्रमुख पदमा विजय हाँसिल गरी पहिलो स्थानमा देखिएको छ ।
एमालेले ११ स्थानमा उपप्रमुखमा जित निकालेको छ । १९० स्थानको प्रमुख पदमा अग्रता कायम गरेको छ भने १९७ स्थानका उपप्रमुखमा अग्रता लिएको छ ।
यस्तै नेपाली कांग्रेसले ११ स्थानका प्रमुखमा जित हाँसिल गरेको छ । १८ स्थानका उपप्रमुख जितेको छ भने २८२ स्थानका प्रमुख पदमा अग्रता लिएको छ । २४० स्थानका उपप्रमुख पदमा अग्रता लिएको छ ।
माओवादी केन्द्रले ९ स्थानका प्रमुखमा जित निकालेको छ । ४ स्थानमा उपप्रमुख पदमा जितेको छ । ११० स्थानका प्रमुख पदमा अग्रता कायम गरेको छ भने १२९ स्थानका उपप्रमुखमा अग्रता लिएको छ ।
एकिकृत समाजवादीले २ स्थानका प्रमुखमा जितेको छ । २ स्थानका उपप्रमुखमा जित निकालेको छ भने १६ स्थानका प्रमुख पदमा अग्रता लिएको छ । १७ उपप्रमुख पदमा अग्रता लिएको छ ।
जनता समाजवादीले ३२ स्थानका प्रमुखमा अग्रता लिएको छ । ३६ स्थानका उपप्रमुखमा अग्रता देखिएको छ । लोसपाले १३ स्थानमा अग्रता लिएको छ । ११ स्थानका उपप्रमुख पदमा अग्रता कायम गरेको छ ।
काठमाडौंमा बालेन र डंगोलको अग्रता कायमै
काठमाडौं महानगरपालिकाको प्रमुख पदकाका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रतालाई कायम राखेका छन् । उनले हालसम्म ३ हजार ८३४ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धि एमालेका केशव स्थापितले १ हजार ९९६ मत पाएका छन् । तेश्रोमा नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले १ हजार ८०२ मत प्राप्त गरेकी छन् ।
उपप्रमुखमा एमालेकी सुनिता डंगोलले ३ हजार ३८४ मत ल्याएकी छन् भने उनका प्रतिष्पर्धि एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९९२ मत ल्याएका छन् ।






काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



