
पर्वत, २ जेठ । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी रहेको छ । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतदानपछि सातवटै पालिकामा मतगणना जा्सुरि छ। जिल्लामा हालसम्म २४ वडाको मतपरिणाम सार्वजनिक भएको छ । ती मध्ये १८ वडामा नेकपा (एमाले)ले विजयी हासिल गरेको छ भने छ वडामा नेपाली कांग्रेस विजयी भएको छ ।
परिणाम सार्वजनिक भएका २६ वडामध्ये जिल्लाको जलजला गाउँपालिकाको वडा नं १, २, ३ ४ र ५ वडामा एमालेका उमेदवार विजयी भएका छन भने वडा नं ६ मा कांग्रेस विजयी भएको छ । यस्तै पैंयु गाउँपालिकामा चार वडाको मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये पैंयु १ मा कांग्रेसका उमेदवार विजयी भएका छन् भने वडा नं २, ३ र ५ मा एमाले विजयी भएको छ ।
महाशिला गाउँपालिकामा चार वडाको मत परिणाम सार्वजनिक हुँदा चारै वडामा एमाले विजयी भएको छ । महाशिलाका १,२ र ३, ४ नम्बर वडामा एमालेका उम्मेदवार प्यानलैसहित विजयी भएका हुन् । बिहादी गाउँपालिकाको दुई वडाको मत परिणाम सार्वजनिक हुँदा वडा नं १ मा एमालेका उम्मेदवार चित्रबहादुर गुरुङ र वडा नं २ मा कांग्रेसका उम्मेदवार गणेश पौडेल विजयी भएका छन् ।
फलेवास नगरपालिकामा चार वडाको मत परिणाम सार्वजनिक भएको छ । ती मध्ये एमालेले दुई वडामा विजय हासिल गरेको छ भने दुई वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । फलेवासको वडा नं १ र १० मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नं २ र ११ मा एमालेका उम्मेदवारले बाजी मार्न सफल भएका छन् । वडा नं ११ मा ३६ वर्षपछि एमाले विजयी भएको हो ।
यसैगरी मोदी गाउँपालिकामा १ र २ र ३ वडाको मत सार्वजनिक भएको छ । तीनैवटा वडामा एमालेका उम्मेदवार विजयी भएका हुन अहिले वडा नंं ४ को गणना जारी रहेको छ । कुस्मा नगरपालिकामा वडा नं १ र १४ मा कांग्रेस विजयी भएको छ । अहिले वडा नं २, ३ र १३ को मतगणना जारी रहेको छ । कुश्मामा कांग्रेसको अग्रता कायमै छ ।






काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



