
काठमाडौं, ५ जेठ । तीन हाइड्रोपावर कम्पनीले साधारण शेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
मायाखोला हाइड्रोपावर, भूगोल इनर्जी र मकर जितुमाया सुरी हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् ।
तीनवटै कम्पनीले आयोजना क्षेत्रका वासिन्दा र सर्वसाधारण लगानीकर्ताको लागि आईपीओ निष्काशन गर्ने तयारी गरेका हुन् ।
तीनवटै कम्पनीले कुल ७३ करोड १२ लाख रुपैयाँ बराबरको ७३ लाख १२ हजार कित्ता आईपीओ निष्कासन गर्नेछन् ।
मायाखोला हाइड्रोपावरले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता निष्काशन गर्नेछ । यस्तै भूगोल इनर्जीले १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १६० कित्ता सेयर निष्काशन गर्ने तयारी गरेकाे छ ।
मकर जितुमाया सुरी हाइड्रोपावरले २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासनको लागि बोर्डमा आवेदन दिएकाे छ ।
मायाखोला हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, भूगोल इनर्जीको एनआईसी एसिया क्यापिटल र मकर जितुमाया सुरी हाइड्रोपावरको प्रभु क्यापिटल रहेको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




