
काठमाडौं, ६ जेठ । नेपाल फाइनान्सले आजदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ७ कित्ता सेयरको रेसियोमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।
रुपैयाँ १०० मूल्य अंकित दरमा ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ ५० पैसा बराबरको ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता बिक्रीमा ल्याईएको हो ।
कम्पनीले हकप्रद सेयर निष्काशनका लागि वैशाख २१ गते बुक क्लोज गरेको थियो । वैशाख २० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार गरेर कायम भएका सेयरधनीहरु मात्रै हकप्रद सेयरमा आवेदन दिन योग्य मानिने छन् ।
लगानीकर्ताले हकप्रद सेयरमा जेठ २६ गतेसम्म तोकिएका स्थानबाट आवेदन दिन सक्नेछन् । प्रभु क्यापिटल, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु, सेबोनबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।
कमम्पनीको चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रहेको छ । हकप्रद सेयरको बिक्रीपछि यो बढेर ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ ५० पैसा पुग्नेछ । नेपाल फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।






काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



