बनेपा, ७ जेठ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का अशोककुमार व्याञ्जु श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसका निराजन जङ्गम विजयी भएका छन् ।
सम्पन्न मतगणनाको परिणामअनुसार व्याञ्जुले आठ हजार ३५१ मत र उपप्रमुख पदका उम्मेदवार जङ्गमले सात हजार ९३८ मत प्राप्त गरी विजयी भएका हुन् । प्रमुख पदको निकटतम प्रतिस्पर्धी स्वतन्त्रबाट उम्मेदवार बनेका विदुरबहादुर बस्नेतले सात हजार ४११ मत प्राप्त गरे भने उपप्रमुखमा निकटतम प्रतिस्पर्धी एमालेका लालतारा अधिकारीले सात हजार ७९१ मत प्राप्त गरे।
धुलिखेल नगरपालिकाको प्रमुखमा विजयी व्याञ्जु दोस्रो पटक नगर प्रमुखमा विजयी भए । गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजदावी)का प्रमुखका उम्मेदवार दयासागर श्रेष्ठले भने एक हजार ८१९ मत प्राप्त गरे। कांग्रेसभित्र उम्मेदवार छनोटमा कुरा नमिलेपछि कांग्रेसको धुलिखेल नगर समिति सभापतिसमेत रहेका विदुरबहादुर बस्नेतले स्वतन्त्रबाट जेब्रा चुनाव चिन्हमा नगर प्रमुखको उम्मेदवारी बने।
नगरपालिकाको वडामध्ये–१ मा कांग्रेसका सन्तबहादुर लामाले ५७३ मत प्राप्त गरी विजयी भए । वडा नं २ मा एमालेका अर्जुन न्यौपानेले एक हजार चार मत प्राप्त गरी विजयी भए । त्यस्तै वडा नं ३ मा एमालेका गणेश आचार्यले ६४३ मत, वडा नं ४ मा कांग्रेसका उत्तमप्रसाद तिमल्सिनाले ६७५ मत, वडा नं ५ मा एमालेका प्रमोदसुन्दर श्रेष्ठले ७७३ मत र वडा नं ६ मा कांग्रेसका सञ्जय कोजुले एक हजार ४४ मत प्राप्त गरी विजयी भए ।
त्यसैगरी वडा नं ७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमीप्रसाद श्रेष्ठले ८५७ मत, वडा नं ८ मा कांग्रेसका विनोद गौतमले ७५७ मत, वडा नं ९ मा कांग्रेसका बद्रीप्रसाद हुमागाईंले एक हजार १९६ मत, वडा नं १० मा कांग्रेसका गोविन्दप्रसाद उपाध्यायले ५४३ मत, वडा नं ११ मा एमालेका नारायणप्रसाद बडालले एक हजार १२७ मत र वडा नं १२ मा एमालेका मोहनप्रसाद लामिछानेले ८३३ मत प्राप्त गरी विजयी भए।
तेह्र वटा स्थानीय तह रहेको जिल्लामा ११ वटा पालिकाको मत गणना सम्पन्न भएको छ भने बाँकी दूई वटामा पाँचखाल नगरपालिका र डाँडापारिस्थित महाभारत गाउँपालिकाको मतगणना जारी छ । पाँचखाल नगरपालिकाको वडा नं १३ कोशिदेखास्थित श्रीराम मावि मतदान केन्द्रमा वैशाख ३० गते भएको मतदानको बेला मतपत्र वितरणको क्रममा विवाद उत्पन्न भएपछि स्थगित भएको मतदान पुनः जेठ ३ गते सम्पन्न गरेको थियो । जसको कारण मतगणना ढिला हुनगएको हो । महाभारत गाउँपालिकाको भने मतगणना जारीरहेको निर्वाचन अधिकृत खुबिराम अधिकारीले बताए।






काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



