फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल प्रतिलिटर १८० र ग्यास प्रतिसिलिण्डर १८०० पुग्याे

-



     सफल आवाज    
     जेठ ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ जेठ । नेपाल आयल निगमले फेरि पेट्राेलियम पदार्थकाे मूल्यबृद्धी गरेकाे छ । भारतमा यही समयमा भाउ घटेकाे छ भने नेपालमा बढाइएकाे छ ।

आज राति १२ वजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटिट्टतेलमा १०/१० रुपैयाँ बढाएको छ । यस्तै खाना पकाउने एल.पी ग्यासमा प्रतिसिलिण्डर रुपैयाँ २०० ले बृद्धि गरेको छ ।

अब नयाँ मूल्य अनुसार उपभोक्ताले पेट्रोल प्रतिलिटिर १८० रुपैयाँमा खरिद गर्नुपर्नेछ । डिजेल र मट्टितेलको प्रतिलिटर रुपैयाँ १६३ पुगेको छ ।

एल.पी ग्यास प्रतिसिलिण्डर २०० रुपैयाँ बढेर १८०० कायम गरिएको छ । यसअघि ग्यासको वजारमूल्य प्रतिसिलिण्डर १६०० रुपैयाँ रहेको थियो ।

बढेकाे भाउकाे मूल्यसूची तलकाे बक्समा छ पढाैं ।