
काठमाडौं, ९ जेठ । नेपालमा डिम्याट खाताको संख्या ५१ लाख ९४ हजार ९४१ पुगेका छन् । पछिल्लो समय प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै डिम्याट खाता संख्या बढेको हो ।
सिडिएस क्लियरिङ लिमिटेडका अनुसार ५१ लाख ९४ हजार ९४१ ले खाता बनाएका छन् । केही समय अगाडि कम्पनीहरुले पनि आईपीओ बाँडफाँट गरेको एक महीनापछि शेयर सूचीकृत गराउथे भने अहिले आईपीओ बाँडफाँट भएको एक हप्तामै शेयर कारोबार हुन थालेको छ ।
यसले गर्दा प्राथमिक बजारमा लगानीकर्ताहरुको आकर्षण बढेको हो । नेपाली धितोपत्र बजारमा सबैभन्दा बढी कित्ता आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्टक्चर बैंकले आईपीओ निष्कासन गरेपछि पनि डिम्याट खाताको संख्या ह्वात्तै बढेको देखिन्छ ।






काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



