
काठमाडौं, ११ जेठ । सरकारले मंगलबार संसदबाट सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सन्तुलित आएको निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले प्रतिकृया दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको नीति तथा कार्यक्रम सन्तुलित भएको प्रतिक्रिया दिए ।
गोल्छाले भने, ‘निजी क्षेत्रले दिएका सुझाव बजेटमा समावेश हुने संकेत यस पटकको नीति तथा कार्यक्रमले गरेको छ । निजी क्षेत्रको महत्वलाई बढावा दिने गरी नीति तथा कार्यक्रम आएको छ ।’
कार्यक्रमले पूर्वाधार विकास र कृषिलाई प्राथमिकता दिएको छ भने उद्यमशीलता र उद्योग क्षेत्र विस्तारका लागि पनि सहज हुने संकेत देखाएको गोल्छाले बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले पनि सरकारले ल्याएका नीति तथा कार्यक्रम स्वदेशी उद्योगको प्रवर्द्धन गर्ने र उत्पादनलाई संरक्षण गर्ने गरी आएको बताए । अग्रवालले सरकारले ल्याएको कार्यक्रको सकारात्मक पक्षबाट हेर्ने हो भने नीजि क्षेत्र मैत्री नै रहेको छ ।
अग्रवालले भने ‘स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने कार्यक्रम परिसंघको माग गरे अनुसार नै आएको हो । उद्योगमा जग्गाको हदबन्दी नलाग्ने विषय पटक पटक नीजि क्षेत्रले उठाउँदै आएको विषयलाई सरकारले समेटेको छ ।’ उनले भने ‘परिसंघले अगाडि सारेको ‘मेक इन नेपाल, मेड इन नेपालसहितको देशी अभियान’ लाई सहयोग गर्ने गरी नीति तथा कार्यक्रम आउनु हामी निजी क्षेत्रको लागि उत्साहप्रद हो ।’








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




