
काठमाडौँ, १२ जेठ । एक साताको अवधिमा वाणिज्य बैंकमा ७ अर्ब निक्षेप थपिएको छ ।
यस्तै एक साताको अवधिमा वाणिज्य बैंकले २ अर्ब कर्जा लगानी गरेका छन् ।
बैंकर्स संघका अनुसार जेठ ६ गतेसम्म बैंकहरुले निक्षेप संकलन ७ अर्बले बढाएका छन् ।
वैशाख ३० गतेसम्म ४२ खर्ब ६० अर्ब रुपैयाँ रहेको निक्षेप संकलन जेठ ६ गतेसम्म आइपुग्दा बढेर ४२ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ ।
यस्तै कर्जा प्रवाह भने २ अर्ब रुपैयाँले बढेको छ ।
वैशाख ३१ गते ४१ खर्ब ९१ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा जेठ ६ गतेसम्म आइपुग्दा २ अर्बले बढेर ४१ खर्ब ९३ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।
संघका अनुसार बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडी) रेसियो ९०.६० प्रतिशत रहेको छ ।






काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



