
काठमाडौँ, १३ जेठ। नेपालमा चालू आर्थिक वर्ष २०७८/ ७९ को १० महिना अवधीमा २९ अर्ब ७० कराेड बढीको सुन नेपाल भित्रिएको छ । भन्सार विभागको तथ्याकं अनुसार याे अवधीमा २९ अर्ब ७० करोड १० लाख ४९ हजार रुपैयाँ बराबरको सुन आयात भएको हाे ।
तथ्याकं अनुसार २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको सुन नेपाल आयात भएको हो । उक्त मूल्यमा ४२ लाख ४८ हजार ५०० ग्राम सुन नेपालले आयात गरेको विभागको तथ्याकं छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/ ७८ को सोहि अवधिसम्ममा नेपालले २१ अर्ब ६ करोड ८३ लाख ७८ हजार रुपैयाँको सुन आयात गरेको थियो । उक्त मूल्यमा सो वर्ष ३० लाख १८ हजार ग्राम सुन नेपाल भित्रिएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष सुन आयात ४० प्रतिशतले बढेको देखिन्छ ।
नेपाल भित्रिने सम्पूर्ण सुन युनाइटेड अरब इमिरेट्स (यूएई) र टर्कीबाट आउने गरेको छ । विभागको तथ्याङ्क अनुसार पछिल्लो १० महीनामा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ । साथै सोही अवधिमा यूएईबाट २३ अर्ब ७७ करोड २२ लाख ९९ हजार रुपैयाँको सुन नेपाल भित्रिएको भन्सार विभागले बताएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




