
पोखरा, १४ पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले बालश्रम न्यूनिकरणमा परिवार, विद्यालय र समाजको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
पोखरा उद्योग बाणिज्य संघले किडासाको सहयोगमा शनिबार आयोजना गरेको श्रम तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाहरुका लागि “शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण कार्यक्रम” लाई सम्बोधन गर्दै उनले यस्तो बताए।
मन्त्री थापाले बालश्रम न्यूनिकरण र बालबालिकालाई विद्यालय पठाउने विषयमा किडासा जस्तो संस्थाले उल्लेखनिय काम गर्दै आएको बताए । बालबालिकाका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको भनाई उनको थियो ।
उनले बालबालिकालाई शिक्षाबाट वण्चित नगराउन परिवारलाई आग्रह गरे । नेपाल सरकारले सरकारी विद्यालयहरुमा ५ कक्षा सम्म उपलब्ध गराउँदै आएको निशुल्क खाजाका कारण विद्यार्थीहरुको आकर्षण बढ्दै गएको भनाई उनको थियो ।
“न्युन आयस्तर भएका परिवारका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गर्दा विद्यालय पठाउने बानीको विकास हुनेछ । सरकारी विद्यालयले शैक्षिक स्तरोन्नतिलाई विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।”, उनले भने।
अहिले प्रविधिमैत्री शिक्षाको आवश्यकता रहेको र विद्यालयहरुले समेत त्यसलाई अनुसरण गर्नुपर्ने आवश्यकतालाई उहाँले औंल्याए छ । गण्डकी प्रदेश सरकारले ७० प्रतिशत बालबालिकालाई प्राविधिक शिक्षा उपलब्ध गराउने गरी काम गरिरहेको जानकारी उनले गराए।
नैतिक शिक्षा सँगै प्राविधिक शिक्षाको अभावमा रोजगारीका लागि कोहि बालबालिका पछि भौतारिन नपर्ने धारणा उनको छ । “आजका बालबच्चा भोलीको कर्णदार हुन् । सबल शिक्षाले नै बालबालिकालाई अगाडि बढ्न प्रेरित गर्छ । जसका लागि विद्यालयमा बालबालिकाको आकर्षण बढाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।”, उनले भने ।
पोखरा उद्योग बाणिज्य संघले व्यवसायिक हक हितका लागि मात्र काम नगरी सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका यस्ता कार्यले थुप्रै बालबालिकाले लाभ लिनेमा उनी आशावादी छन् ।
कार्यक्रममा क्लेपका अध्यक्ष राजेन्द्र कुमार लालचन, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कोइराला, पोखरा महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेम प्रसाद आचार्य, पोखरा उद्योग बाणिज्यसंघका उपाध्यक्षद्वय पवन प्रजापति, अर्जुन पोखरेल, महासचिव सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्ष बलराम आचार्य लगायतको उपस्थिति थियो । उनीहरु सबैले पोखराको शैक्षिक विकासका सबै मिलेर काम गर्नुपर्ने आवश्यकता आजको भएको बताएका छन् ।








वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म…
काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश… 



