पाेखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन, लेते माथिकाे पहाडमा ठाेकिएकाे आशंका

-



     सफल आवाज    
     जेठ १५ गते २०७९ मा प्रकाशित



पाेखरा ,१५ जेठ ।  पोखराबाट जोमसोम उडेको तारा एयरको टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । विहान ९ : ५५ मा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । विमानमा १९ जना यात्रु र चालकदलका ३ सहित २२ जना सवार थिए ।

क्याप्टेन प्रभाकर घिमिरेले बिमान उडाएका थिए ।

फाइल तस्वीर

तारा एयरका अनुसार जहाज अहिलेसम्म सम्पर्कमा छैन । विमान मुस्ताङकाे लेते माथीकाे पहाडमा ठाेकिएकाे आशंका गरिएकाे छ । जहाजबारे खोजी सुरु भइसकेकाे मुस्ताङ प्रहरीले जनाएकाे छ ।

हराएको ताराकाे बिमान खोज्न नेपाली सेनाको एमआई ५७ हेलीकप्टर काठमाडौंबाट उडिसकेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताएका छन ।