सार्वजनिक भयो भन्सार एजेन्टको नतिजा, ८६० जना उत्तीर्ण

-



     सफल आवाज    
     जेठ १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ जेठ । भन्सार विभागले गत वैशाख १६ गते सञ्चालन गरेको भन्सार एजेण्टको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

लोकसेवा आयोगसँगको सहकार्यमा सञ्चालन गरिएको परीक्षामा ८६० जना लिखित परीक्षामा उत्तीर्ण भएका छन् ।

अब लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुको आगामी असार ५ गतेदेखि लोकसेवा आयोगसँगको सहकार्यका अन्तर्वार्ता हुनेछ ।