संसद बैठक आज, बजेटमाथि छलफल गरिँदै

-



     सफल आवाज    
     जेठ १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ जेठ । बजेटमाथि सैद्धान्तिक छलफलका लागि प्रतिनिधि सभाको बैठक आज (मंगलवार) बस्दै छ ।

बैठक बिहान ११ बजे बस्न लागेको बैठकमा बजेटमाथि छलफल हुनेछ ।

आज बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे छलफल हुने छ ।

संघीय संसदको महासचिव डा. भरतराज गौतमले बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको जानकारी दिए ।

बैठकको शुरूमा अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल शुरू गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसपछि बजेटमाथि छलफल शुरू हुनेछ । बजेटको छलफल तीन दिनसम्म चल्नेछ ।