
काठमाडौं, १९ जेठ । चालु आर्थिक वर्ष २०७८/७९ को १० महिनामा जीवन बीमा कम्पनीहरूले एक खर्ब १० अर्ब रुपैयाँभन्दा बढीको बीमा शुल्क आर्जन गरेका छन् ।
बीमा समितिले जारी गरेको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको बित्तीय वितरण अनुसार, कम्पनीहरूले करिब १ खर्ब १० अर्ब ४० करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्युरेन्स रहेकाे छ । कम्पनीले करिब २८ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
दोस्रो स्थानमा लाइफ इन्स्योरेन्सले बीमा शुल्क बढी कमाएको छ। कम्पनीले १३ अर्ब ५२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
तेस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्सले बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको वैशाखमसान्तमा १० अर्ब ९८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
धेरै बीमा शल्क आर्जन गर्ने चौथो नम्बरमा राष्ट्रिय बीमा संस्थान छ । कम्पनीले ७ अर्ब २४ करोड रुपैयाँ आर्जन गरेको छ ।
युनियन लाइफ पाँचौ स्थानमा छ । कम्पनीले ६ अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै एशियन लाइफले ५ अर्ब ५३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा मेट लाइफले ४ अर्ब ३७ करोड कमाएको छ ।
बीमा समितिका अनुसार सिटिजन लाइफले ४ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने प्राइम लाइफले ४ अर्ब १४ करोड रुपैयाँ शुल्क आर्जन गरेको छ ।
यस्तै सूर्या लाइफ इन्स्योरेन्सले तीन अर्ब ९२ करोड बीमा शुल्क आर्जन गर्दा सन नेपाल लाइफले तीन अर्ब २६ करोड बीमा शुल्क आर्जन गरेका छन् ।
यस्तै रिलायबल नेपालले तीन अर्ब २१ करोड, ज्योति लाइफले २ अर्ब ८८ करोड, आईएमई लाइफले २ अर्ब ५६ करोड, गुराँस लाइफले २ अर्ब ५३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
वैशाखसम्ममा रिलायन्स लाइफले २ अर्ब ३९ करोड, सानिमा लाइफले एक अर्ब ८८ करोड, प्रभु लाइफको एक अर्ब ५७ करोड बीमा शुल्क आर्जन गरेका छन् ।
१९ जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफले सबैभन्दा कम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले १ अर्ब १८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको समितिले जनाएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




