
काठमाडौं, २० जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १०/१० रुपैयाँले घटाएको छ ।
निगमले बिहीवार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको हो ।
निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार तत्कालका लागि पूर्वाधार करको रकमसँग बराबर हुने गरी प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय भएको हो।
‘करको दररेटको सन्दर्भमा मन्त्रिपरिषद्को जेठ १० गतेको निर्णयअनुसार अर्थ मन्त्रालयले जेठ १७ मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको थियो। पत्रका आधारमा निगम सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि मूल्य घटाउने निर्णय गरेको छ,’ सहप्रवक्ता कार्कीले भने, ‘मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय ७० रुपैयाँ, डिजेल १ सय ५३ रुपैयाँ र मट्टीतेल १ सय ५३ रुपैयाँ कायम भएको छ ।’
इन्धनमा भइरहेको मूल्य वृद्धि र त्यसले पारेको चौतर्फी असर कम गर्न कर समायोजन गरी मूल्य घटाउने चौतर्फी दबाब थियो ।
मूल्य वृद्धि नियन्त्रण गर्न भारतले कर (एक्साइज ड्युटी) घटाएर उपभोक्तालाई राहत दिने प्रयास गरेको थियो।
यहाँ पनि पूर्वाधार कर घटाउनेबारे आवश्यक अध्ययन गर्न मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयलाई जिम्मा दिएको थियो।
गत शुक्रबार प्रतिनिधिसभा बैठकमा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर समायोजन गरेर मूल्य घटाइने जानकारी गराएका थिए।
२ वर्ष अगाडि युवराज खतिवडाले पूर्वाधार कर अन्तर्गत लिटरमा १० रुपैयाँ पेट्रोल तथा डिजेलमा कर लिन थालेका छन् ।
बाबुराम भट्टराईको पालामा बुढीगण्डकी बनाउने भनेर पेट्रोलियम पदार्थमा यस्तो कर लगाउन थालिएको थियो ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




