असार मसान्तसम्म सवारी साधनमा इम्बोस्ड नम्बर नराखे कारबाहि गर्ने विभागको चेतावनी

-


     सफल आवाज    
     जेठ २० गते २०७९ मा प्रकाशित


काठमाडौं, २० जेठ । यातायात व्यवश्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनहरुमा इम्बोस्ड नम्बर अनिवार्य राख्न आज सूचना जारि गरेको छ ।

विभागले सूचना जारि गर्दै असार मसान्तसम्ममा इम्बोस्ड नम्बर अनिवार्य राख्न भनेको हो । बागमती र गण्डकी प्रदेशका यातायात कार्यालयबाट इम्बोस्ड नम्बर प्लेट राख्नका लागि आवश्यक कार्यहरुको तयारी गरिएको विभागले जनाएको छ ।

इम्बोस्ड नम्बर राखे नराखेको बारेमा ट्राफिक प्रहरीले निगरानी गर्ने र नराखेको खण्डमा कानुन अनुसार कारबाहि गर्ने चेतावनि दिएको छ ।

विभागले सवारी साधनमा इम्बोस्ड नम्बर राख्ने कार्यलाई अनिवार्य गराउन २०७८ को कार्तिक २२ मा राजपत्रमा सूचना प्रकाशन गरेर सो अनुसार कार्य गर्न भनेपनि पूर्णरुपमा कार्यान्वयनमा आएको छैन ।

यातायात व्यवश्था विभागले जारि गरेकाे सूचना :-