पोखरा फाइनान्सको सीइओमा रविचन्द्र गुरुङले पाए निरन्तरता

-



     सफल आवाज    
     जेठ २२ गते २०७९ मा प्रकाशित



पोखरा २२ जेठ । पोखराकाे न्युराेडमा प्रधान कार्यालय रहेको राष्ट्रियस्तरको वित्तीय संस्था पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा युवा बैकर रविचन्द्र गुरुङले नै पुन: निरन्तरता पाएका छन् ।

फाइनान्स सञ्चालक समितिकाे बैठकले गुरुङलाई ४ बर्षे दोस्रो कार्यकालका लागि पुन: नियुक्त गरेको बताएकाे छ ।

गुरुङको दोस्रो कार्यकाल असार १० गतेबाट लागु हुनेछ । २ दशकदेखि बैंकिङ क्षेत्रमा आबद्ध भएका गुरूङले स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । त्यसपछि एनएमबि बैक हुदैं उनी पोखरा फाइनान्समा प्रबेश गरेका हुन ।