आदर्श लघुवित्तले असार १ गतेदेखि सेयर निष्काशन गर्दै, कहिलेसम्म दिने आवेदन ?

-



     सफल आवाज    
     जेठ २३ गते २०७९ मा प्रकाशित



काठमाडाैं, २३ जेठ । आदर्श लघुवित्त वित्तीय संस्थाले असार १ गतेदेखि ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता सेयर निष्काशन गर्ने भएकाे छ ।

निष्काशन गरिने कुल ६७ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत, १ हजार ३५ कित्ता सेयर कर्मचारीका लागि रहेकाे छ। ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने सर्वसाधारणले ६२ हजार ६१५ कित्ताका लागि आवेदन दिन पाउने छन्।

लगानीकर्ताले असार ६ गतेसम्म आवेदन दिन सक्नेछन् । साे म्यादभित्र माग बमाेजिमकाे आवेदन नपरेकाे खण्डमा ढीलाेमा असार १५ गतेसम्म आवेदन दिन पाइने भएकाे छ। यसका लागि घटिमा १० र बढीमा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ रहेकाे छ । आईपीओ बिक्रीपश्चात चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्ने भएकाे छ।

लघवित्तकाे सेयर निष्काशन तथा बिक्री प्रवन्धकान बिओके क्यापिटल मार्केट रहेकाे छ।