
काठमाडौं, २६ जेठ । नेपाल सरकारका विगतका नीतिगत व्यवस्था र भारतको पछिल्लो नीतिबाट अत्यन्त प्रभावित नेपाली वायर, रड उद्योगहरुले सरकारकाे २०७९-८० को बजेटमा उद्योगहरुको संरक्षण विपरितका नीति अवलम्बन गरेकोमा बुधबार पत्रकार सम्मेलन गरी सरकारकाे ध्यानाकर्षण गराएका छन ।
आर्थिक बर्ष २०७९- ८० को बजेट जारी हुनु अगावै विभिन्न संघ–संस्थाहरु मार्फत र स्वयं वायर रड उद्योगहरुबाट नेपाल सरकार लगायत सम्बन्धित निकायहरुलाई भारतको २२ मे, २०२२ को नीतिबाट उद्योगहरुलाई कच्चापदार्थ (MS Wire Rod, HS Code 7213.91.10) आयातमा भारतले १५ प्रतिशत निर्यात शुल्क लगाएको बारे जानकारी गराई त्यसबाट नेपालका वायर रड उद्योगहरुमा पर्न गएको प्रभाव बारे अवगत गराएकाे थियाे ।
सो को निराकरणका लागि तत्कालै आवश्यक कदम चाल्न आग्रह गरेकाेमा सरकारले सोको बेवास्था गर्दा उधोगीहरु जोखिममा परेको बताएका छन । नेपाल सरकारले बजेट मार्फत ५ प्रतिशत भन्सार महशलुमा आयात गर्दै आएको त्यस्ता कच्चा पदार्थ (MS Wire Rod, HS Code 7213.91.10) को भन्सार महशलु १० प्रतिशत कायम गरेको र अन्तःशुल्क समेत २,५०० रूपैया प्रति मे.टनबाट ४,५०० रूपैया कायम गरेबाट उधाेगीहरू आश्चर्य चकित परेको बताएका छन ।
कच्चा पदार्थ (MS Wire Rod) बाट उत्पादन गर्ने तैयारी वस्तुकाे (G.I. Wire) काे अायात शुल्क SAFTA अन्तरगत ६ प्रतिशत रहेकाले यी पछिल्ला व्यवस्थाहरुका कारण त्यस्ता वस्तुहरु उत्पादन गर्नु भन्दा विदेशबाटै आयात गर्दा सस्तो पर्न जाने अवस्था श्रृजना भएको देखिएको छ ।
के हुन्छ यसको प्रभाव ?
यसरी भाउ बढेपछि एक प्रतिशत भन्सार महशुलदर र उच्च मुनाफाबाट स्पोन्ज आइरनको बढी विजकीकरण (Over Invoicing) भई अमेरिकी डलरको हून्डी कारोवार प्रोत्साहन हुन सक्ने जाेखिम बढेकाे उधाेगीकाे भनाइ छ ।
त्यस्तै समग्र बजारमा एक जना मात्र उत्पादनकर्ता भएकाले प्रतिष्पर्धा नहुने र अत्याधिक मुनाफाले GI Wire र Gabions को लागत बढ्ने समेत भनिएकाे छ ।
कच्चा पदार्थमा लागेको अत्याधिक भन्सार महशुलले GI Wire को मूल्यमा वृद्धि आउने र सरकारी विकास निर्माणको आयोजनामा प्रयोग हुने Gabions को मूल्यमा समेत वृद्धि हुने बताइएकाे छ।
Blast Furnace को अभावमा GI Wire लाई चाहिने उच्च गुणस्तरको Wire Rod को उत्पादन नभई न्यून गुणस्तरको Wire Rod बाट GI Wire को उत्पादन हुनेछ । जसले तार जालीको गुणस्तरमा ह्रास आउने र जसले बाढी, पहिरोबाट जनधनको नोक्सानी हुने सम्भावना वृद्धि हुने जनाइएकाे छ ।

अर्बौंको लगानीमा संचालन भइरहेकाे जि.आई. तार उद्योगहरु, किला–काँटी उद्योगहरु, वाडिङ वायर उद्योगहरु तथा तारका साना ठूला गरी १०० भन्दा बढि स्वदेशी उद्योगहरु धरासायी भई मुलुकको अर्बौको लगानी र यस क्षेत्रबाट आश्रित २० हजार बढि रोजगारी धरापमा पर्ने बताउदै उधोगीहरुले सरकारलाइ याे नीतिकाे पुनराबलाेकन गर्न अनुराेध गरेका छन ।
हाल मुलुक आत्मनिर्भर रहेको यी वस्तुहरुमा समेत आगामी दिनमा धान, चामलको सरह परनिर्भरता उत्पन्न हुने देखिएकोले नेपाल सरकारको उक्त नीति कतै अन्तरघाति त छैन भन्ने उनीहरुले आशंका गरेका छन । त्यसैले भारत समक्ष नेपाल–भारतका
व्यापार सन्धिको मर्म अनुरुप नेपालका लागि सो भारतीय निर्यात शुल्क घटाउन कुटनैतिक पहल गर्न र उक्त अन्तरघाती नीतिको तत्कालै सुधार गर्न कच्चा पदार्थको आयातमा १ प्रतिशत भन्सार महशलु कायम गरी त्यसका तैयारी वस्तुहरुको महशुलमा दुई तहको फरक पर्ने गरी आवश्यक व्यवस्था मिलाई स्वदेशी वायर रड उद्योगहरु, मुलुकको रोजगारी र आत्मनिर्भरतालाई संरक्षण गर्न तत्कालै कदम चाल्न नेपाल सरकारसँग उधाेगीहरूले जोडदार माग गरेका छन ।






काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



