
काठमाडौं, २६ जेठ । विद्युतीय माध्यमवाट बीजक (ई–बिलिङ) जारी गर्ने विषयमा सुनचाँदी ब्यवसायी महासंघले आन्तरिक राजस्व विभागसँग छलफल गरेको छ ।
महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्यसँग भेटगरी सम्बद्ध विषयमा आवश्यक छलफल गरिएको हो ।
आन्तरिक राजव विभागले हालै आर्थिक बर्ष २०७७/७८ र २०७८/७९ को मूल्य अभिवृद्धि कर तथा आय विवरण मध्ये कुनै एक आर्थिक वर्षको कारोबार रकम १० करोड भन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताहरूले अनिवार्यरुपमा विद्युतीय विजक जारी गर्नुपर्ने ब्यवस्था गरेको सूचना निकालेको छ । सोही बिषयमा देखिएको अस्पष्टताका बारेमा महासंघका अध्यक्ष शाक्यले जिज्ञासा राखेका हुन् ।
विभागका महानिर्देशक शाक्यले विद्युतीय माध्यमबाट १० करोडभन्दाबढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताहरुले अनिवार्यरुपमा विद्युतीय विजक जारी गर्नुपर्ने ब्यवस्था गरिएको प्रष्ट पार्दै यसले लेखा प्रणालीलाई व्यवस्थित बनाउन सहयोग पुर्याउने बताए । उनका अनुसार यो व्यवस्था अनुसार विद्युतीय विजक जारी गर्दा व्यवसायीको लेखाप्रणालीमा मात्रै आवद्ध हुनेछ । जसले व्यवसायीलाई विद्युतीय कारोबार गर्ने बानी बसाल्ने उनको भनाइ छ ।








खोटाङ, ६ मङ्सिर। शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय…
काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।… 




