ग्लोबल आइएमई बैंककाे नयाँ कर्पोरेट भवन लाजिम्पाटमा बन्ने

-



     सफल आवाज    
     जेठ २८ गते २०७९ मा प्रकाशित



काठमाण्डौं, २८ जेठ । ग्लोबल आइएमई बैंकले काठमाण्डौंमा नयाँ भवन बनाउने भएकाे छ । लाजिम्पाटस्थित उत्तरढोकामा रहेकाे बैंककाे जग्गामा नयाँ कर्पोरेट भवन बनाउन सम्झौता पनि भइसकेकाे छ । 

बैंकले डिजाइज बनाउनका लागि एक सम्झौता गरेको जनाएकाे छ। डिल्लीबजारस्थित आर्किप्लान एसबीटी प्रालिसँग सम्झौता गरेको हाे । साे सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लान एसबीटीका प्रमुख आर्किटेक्ट सञ्जयबहादुर थापाले हस्ताक्षर गरेका छन् । 

ग्लोबल आइएमई बैंक देशका सबै क्षेत्रका जनता समक्ष बैंकिँङ सेवा दिन लागिपरेकाे छ। यसले ७७ जिल्लामा २८८ शाखा, २६० एटीएम, २७५ शाखारहित बैंकिङ सेवा संचालन गरिरहेकाे छ ।

यस्तै ५१ एक्सटेन्सन र राजश्व संकलन काउन्टर, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित ८७५ सेवा केन्द्रबाट २९ लाख ग्राहकलाई सेवा दिइरहेकाे छ।