पशुपति क्षेत्र विकास कोषको सल्लाहकारमा तायल मनोनीत

-


     सफल आवाज    
     जेठ २८ गते २०७९ मा प्रकाशित


काठमाडौं, २८ जेठ। पशुपति क्षेत्र विकास कोषले कैलालीको धनगढीका समाजसेवी श्यामसुन्दर तायललाई पशुपति मन्दिर प्राङ्गण समितिको सल्लाहकारमा मनोनीत गरेको छ ।

उनलाई आज समितिको सल्लाहकारमा मनोनीत गरिएको कोषका सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिए । उनका अनुसार भगवान् पशुपतिनाथको मन्दिर जीर्णोद्धारलगायत कोषलाई विविध क्षेत्रमा योगदान पु¥याउनका लागि तायललाई कोषको निर्णयअनुसार सल्लाहकारमा मनोनयन गरिएको हो ।

तायलले कैलालीमा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको बताइएको छ ।