
काठमाडाैं, १७ जेठ। नबिल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले सरकारले हालै ल्याएको बजेट सबै सरोकारवालाहरुसँग सरसल्लाह गरेर, सबैको मागलाई सम्वोधन हुनेगरी सुझबुझपुर्ण तवरले ल्याएकाेले सकारात्मक रहेको बताएका छन् । सफल आवाजसँग कुरा गर्दै पौड्यालले याे बजेटकाे सष्टेनेवल म्यानेजमेन्ट हुनु जरूरी रहेकाे समेत बताए ।
हामीले अर्थसँग सरोकार राख्ने सवालका बारेमा प्रि–बजेट मिटिङमा मन्त्रालय तथा अर्थका संचिवसँग छलफल गरेका थियौं । अन्य क्षेत्रबाट पनि छलफल भएका थिए । सरकारले सुझावहरु लिएको थियो । हामीले गरेको छलफलमा अर्थ सम्बन्धि निचोडका कुराहरुलाई समेटिएको पाईएकोले बजेटको यो सकारात्मक पक्ष हो उनले भने ।
यसपालिको बेजटले देशका मूलभूत समस्याहरुलाई पहिचान गरेको र त्यसका लागि के गर्ने ? भन्ने बारेमा पनि बोलेको छ । बजेट आउँदाखेरि राम्रो र नराम्रो भन्ने कुराहरु त आईहाल्छन् । यसपाली पनि त्यहि भएको छ । तर कुरा के हो भने सबै कुरा पूर्ण हुँदैनन । पौड्यालले भने, यो मात्रै त्यो हो जो हरेक वर्ष बजेट बनाउँदा त्यसको प्रयोगमा कमजोरी भएको कारण, रिजल्ट नआउनुको परिणामको कारणले त्यसो भन्ने गरिएको पुरानै प्रबृत्ति हो ।
खुसिको कुरा बजेटले समस्या पहिचान र त्यसको निराकरणको लागि सम्वोधन गरेको छ । जस्तो, वित्तीय लगानीका कुरा, वातावरणको कुरा, कृषिका कुरा, पर्यटनलगायतका कुरा गर्नु राम्रो हो । बजेटमा ग्याँसको प्रयोगलाई हटाउने र इण्डक्सन चूलोको प्रयोगको कुरा गर्नु वातावरणीय हिसाबले पनि अति नै महत्वपूर्ण छ । यसका लागि बैंकहरुले पनि गाउँ गाउँसम्म जनताको क्रय शक्तिलाई सहयोग पुर्याउन लगानीको पहुँच उनीहरुसम्म पुर्याउन सक्छन् ।
अर्को कुरा नेपालको मुद्रा संचिति घटिरहेको बेलामा वैदेशिक व्यापारलाई सुधार गर्नुपर्छ । आयात ९० प्रतिशत रहेको बेलामा निर्यात १० प्रतिशत रहेकोले आयातलाई घटाउन र निर्यातमुखि उत्पादनमा जोड दिनुले धेरै महत्व राखेको छ । अध्यक्ष पौड्यालले भने, एउटा खाका तयार भएको छ कि ३० प्रतिशत आयातलाई घटाउने भन्नुको कारण अब सबैले मिलेर काम गर्नुपर्छ र त्यसअनुसारको बानिमा परिवर्तन गर्नुपर्छ पौड्यालले भने।

मेरो हकमा कुरा गर्नुहुन्छ भने म अब विदेशी कपडा लगाउँदिन, कम्तिमा दुई वर्षसम्म नयाँ किन्दिन, पूरानै भएपनि धोईपखालि सफा गरेर लगाउँछु किन्नै परे नेपाली नै किन्छु । अब यसरी किन नसोच्ने ? यो सांकेतिक कुरा हो तर हामी सबैले यसरी नै सघायौं भने हामीलाई, देशलाई नै फाइदा हुन्छ उनले भने।
अर्थमन्त्री जनार्दन शर्माले नयाँ गाडी नकिन्ने भनेको कुरा राम्रो हो । यसो गरे नयाँ आयातका लागि रकम पनि बाहिर जाँदैन । सरकारले नेपालको आर्थिक बृद्धि ८ प्रतिशत राख्ने भनेको छ । यो सकिने कुरा पनि हो । ८ प्रतिशत पुर्याउन गाह्रो छैन । तर यसका लागि अर्थतन्त्रका सबै फ्याक्टरहरु सबल हुनुपर्छ र फाइनान्स पनि सबल हुनुपर्छ । यो बेलामा तरलता कायम छ र तरलताको अवस्थालाइ सुधार गर्नुपर्नेमा उनले जोड दिए ।
वित्तीय सुधारको लागि अब हामी खुल्ला भएर आउनुपर्छ । देशको श्रोत साधनले भ्याएको छैन भने देशको अर्थतन्त्र चलाउन रकम बाहिरबाट ल्याउन सक्नुपर्छ । बैंकहरुले केहि रकम ल्याउन लागेका भए सरकारले सहजिकरण गर्नुपर्छ । यदि यसो भयो भने अर्थतन्त्रमा भईरहेको तरलता अलि कम हुन्छ । उनले भने पैसा त बैंकमा आउँछ, बैध बाटोबाट आउँदा त राम्रै हुने हो नि ।
नेपालमा श्रीलंकाको हल्ला किन चलेको होला ? पौड्यालले भने, नेपाल श्रीलंकाको जस्तो बन्दैन । श्रीलंकाको क्रयशक्ति र नेपालको परिवेश फरक भएकोले यहाँ असर हुँदैन । तर भएको समस्या हल गर्न हामी तत्पर हुनुपर्छ । त्यहाँ बनेका विल्डिङ र हाईवे निर्माण वा सपिङ मलहरुले बजार बिस्तारको काम गर्न थालेपछि अर्थ मजबुत हुनसक्छ किनभने आईएनएफले बेल आउट प्याकेज दिईसकेकोले माथि आउँछ ।
हामीले भौतिक पूर्वाधारमा त्यति धेरै खर्च गरेका छैनौं । हामी त्यो डिफल्ट हुने अवश्थामा छैनौं । आयात प्रतिस्थापनको लागि कृषिलाई संवोधन गरिएको छ । यसलाई हामी सबैले समातेर जानुपर्छ । कृषिको अलि कुरा गरौं सवसिटि संसारभरी छ । कुनैपनि देश सवसिटिबीना अगाडी बढेको छैन । कृषिलाई राज्यले महत्व दिएर कृषकलाई पेन्सनको पनि कुरा गरिसकेकोले सवसिटिलाई पनि महत्व दिनुपर्छ । कृषिको जोड दिनु भनेको जनता भोकै नबसुन् भन्नलाई नै हो । यि चिजहरु आयात भन्दा यहिं उत्पादनको लक्ष्य लिनु राम्रो हो ।
बजेटले वित्तीय क्षेत्रलाई पनि संवोधन गरेको अवस्था छ । मलाई याद आउँछ ९० को दकशमै ग्रामिण विकास बैंकले खुबै राम्रो परफरमेन्स दिएका थिए । ग्रामिण क्षेत्रमा श्रोत परिचालनको लागि महत्वपूर्ण रोल प्ले गरेका थिए । अहिले कृषिमा पनि बैंकहरुले लगानी गरिरहेका छन् । तर सवसिटिलाई लागू गर्नुपर्छ यसले कृषकलाई उत्प्रेरित गर्ने काम गर्छ । नबिल बैंकको नै कुरा गर्नुहुन्छ भने त हामीले “सस्टेनेवल बैंकिङ” भनेर गाउँ गाउँमा गएका छौं । तपाँईहरु कसरी अघि बढ्न सक्नु भएको त ? भन्ने प्रश्नमा पौड्यालले भने, यो एउटा अठोट हो, यो मेरो बैंक हो । राम्रो सँग संन्चालन गर्छु, नाफामा लैजान्छु भन्ने मोटिभेसनले काम गरेको छ । तर यत्ति मात्रै होईन अबको बैकिङ सस्टेनेवल बैंकिङ हो ।
बैंकिङ सेवा छोटो समयको लागि त होईन नि । त्यसैले हामीले दीगो बैंकिङ सेवाको कुरा गरेका हौं । अबको बैंकिङ दीगो बैंकिङ हो । लगानीलाई जहाँ पायो त्यहाँ लगानी गर्ने होईन । लगानीको क्षेत्र पहिचान भएको क्षेत्र हो अर्थात वास्तविक अर्थतन्त्रको काम गर्ने परिपाटी हो । लगानी रियल इकोनोमी रिजन नै हो ।
अहिले हामी जहाँजहाँ पुगेका छौं त्यहाँ बैंकिङ कारोबारसंगै उद्यमशिलतालाई जोड दिईरहेका छौं । म जुम्लामा गएर २०० जनालाई महिला उद्यमशिलता र दीगो बैकिङका कुराहरुको सहजिकरण गरेर आएपछि उहाँहरु आर्थिक सम्पन्नताको बाटोमा जानु भएको छ । अरुले पनि गरेका छन् के यो खुसिको कुरा होईन त ?
रियल इकोनोमिलाई बजेटले पनि भनेको छ । यो देशको आवश्यकता हो । हरेक आर्थिक क्षेत्रका सरोकारवालाहरु एक भएर लाग्नुपर्छ र व्यूरोक्रेसिबाट कुनै पनि प्रकारको आलटाल हुनुहुँदैन । अबको दिनमा हामी म नभई हाम्रो भनेर, सहयोग गरेर भोलि सन्ततिको लागि हेरेर काम गर्नुपर्छ । ढिलो भएको छैन तर अर्थतन्त्रमा देखिएका समस्याहरुलाई हल गर्न सकिन्छ । म निकै आशावादी छु । सुझबुझकासाथ अघि बढ्नुको विकल्प छैन ।

नेपाल राष्ट्र बैंकले सेयरकर्जामा लगाएको ४-१२ को मापदण्ड नियतले नराम्रो होईन । हाम्रो लगानी उत्पादनमुखी हुनुपर्यो त्यतातिर फोकस गर्नुपर्छ । सन्तुलित गरेर जान आवश्यक छ । अहिले पूँजीबजार धेरै ठूलो भईसकेको छ । त्यसको सहि व्यवस्थापन भने आवश्यक छ । निकासका लागि ब्रोकर कम्पनीहरुलाई इम्पावर गर्दै जार्नुपर्छ । हामी व्यालेन्स गरेर जानुपर्छ ।
अहिले भारतमा धेरै मानिस काम गरिरहेका छन् । रेमिट्यान्स बाहिरबाट ल्याउन सजिलो छ भारतबाट छैन । त्यहाँबाट पैसा बैंकिङ च्यानलबाट नेपालमा ल्याउन मैले नै राजदुत डा.शंकर शर्मासंग कुरा गरेको थिएँ कि कसरी पैसा बैंकिङ च्यानलबाट ल्याउने ? त्यहाँ रेमिटेन्स म्यानेज गर्ने बारेमा उहाँ सकारात्मक भए जस्तै जुन जुन मुलुकमा राजदुतहरु छन् र त्यहाँ हाम्रा नेपालीले काम गर्छन् उनीहरुलाई बैंकिङ च्यानलमा ल्याउन सकियो भने अर्थतन्त्रमा त टेवा नै पुग्छ नि ।
अहिले हामी कुनैपनि मुलुकको जस्तै उच्चस्तरको बैंकिङ सेवा नेपालबाट दिईरहेका छौं । बाहिर हुने सबैलाई आईपीओमा केहि सुविधा दिएर सहभागितालाई सहज बनाउनुपर्छ । अबैध हुण्डी कारोबार जो हुन्छ भनिएको छ यसलाई बैंकिङ सिस्टमबाट बरु दुई रुपैयाँ बढी दिएर पनि ल्याउन सके पैसा आउने ठाउँ त्यहाँ पनि छ ।
नबिल बैंकले बैंगलादेश बैक प्राप्ति गर्ने कुरा के भयो ? भन्दा पौड्यालले भने दुबै बैंकको साधारण सभाले पारित गरेको अवस्था छ । तयारी सबै पूरा भईसकेको छ । हाम्रो टार्गेट असार मसान्तसम्म छ । त्यो बेलासम्म पूरा हुन्छ । कुराको बिट मार्दै अध्यक्ष पौड्यालले भने सस्टेनेवल बैंकिङ विकासका लागि हामी सँगसँगै अघि बढौं । (वार्तामा आधारित)








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




