
काठमाडौं, २९ जेठ । कोभिड–१९ सङ्क्रमणको असर कम हुन थालेपछि नेपालीको विदेश भ्रमण बढेकाले बाहिरिने रकम पनि बढ्दो छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्षको १० महिना अर्थात् वैशाखसम्म विदेश भ्रमणकै लागि नेपालबाट ७२ अर्ब रुपियाँ बाहिरिएको छ ।
यो अघिल्लो वैशाखको तुलनामा १४३.४ प्रतिशतले बढी हो । त्यतिबेला भ्रमणबापत नेपालबाट ३२ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको थियो । विदेशी मुद्रा सञ्चितिको दबाबमा परेको नेपालका लागि भ्रमण व्यय बढेकाले त्यसका सिधा असर विदेशी विनिमय सञ्चितिमा परेको छ ।
पर्यटक आगमनमा निरन्तर वृद्धि भइरहे पनि त्यो भ्रमण व्ययमार्फत हुने खर्च धान्न भने पर्याप्त छैन । वैशाखसम्मको तथ्याङ्कअनुसार भ्रमणबापत नेपालले गरेको आम्दानीभन्दा भ्रमणबापत बाहिरिएको रकम करिब ५० अर्ब रुपैयाँले बढी छ ।पछिल्लो समय नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढेकाले नेपाललाई प्राप्त हुने भ्रमण आय पनि उत्साहजनक वृद्धि भइरहेको छ ।
राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार वैशाखसम्म नेपालले भ्रमण आयबापत २२ अर्ब ४५ करोड रुपैयाँ भित्र्याएको छ ।
यो अघिल्लो वैशाखको तुलनामा २६० प्रतिशतले बढी हो । गत वैशाखमा नेपालले भ्रमण आयबापत छ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
कोभिड–१९ सङ्क्रमणका कारण आवतजावत बन्द भएपछि नेपालको पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित थियो । कोरोना महामारी कम हुँदै गएपछि पर्यटन क्षेत्रमा लागू गरिएका प्रतिबन्ध खुकुलो भए र पर्यटक भित्रिने क्रम अहिले बढ्दो छ ।
पछिल्लो तथ्याङ्कअनुसार मे महिनामा मात्रै ५३ हजार ६०८ पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् र कोरोना महामारीअघिकै अवस्थामा पुग्ने क्रममा छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




