
काठमाडौं, ३० जेठ ।अब असार १ गतेदेखि सातामा ६ दिन सेयर कारोबार हुने भएको छ । यसअघि सरकारले सातामा दुई दिन (शनिबार र आइबार) सार्वजनिक विदा दिने निर्णय गरेसँगै सेयर कारोबार सोमबारदेखि शुक्रबारसम्म भइरहेको छ ।
आइतबार विदा दिने निर्णयबाट सरकार पछि हटेको छ । यो सँगै अब आइतबारदेखि शुक्रबारसम्म सातामा ६ दिन नै सेयर कारोबार हुने भएको छ । सेयर लगानीकर्ताको माग अनुसार नै सातामा ६ दिन सेयर कारोबार गर्न लागिएको बताइएको छ ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सातामा ६ दिन सेयर कारोबार गर्ने विषयमा आन्तरिक छलफल चलिरहेको बताइएको छ । तर यो विषयमा निर्णय भने भइसकेको छैन । नेप्से स्रोतका अनुसार सातामा कतिदिन सेयर कारोबार गर्ने भन्ने विषयमा सोमबार (आज) निर्णय हुनेछ ।
सातामा ६ दिन नै सेयर कारोबार गरौँ भनेर सेयर लगानीकर्ताका नेताहरूले माग गरिरहेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताएका छन । लगानीकर्ताका नेताहरूले यस्तो माग गरेको भएपनि अहिलेसम्म यस विषयमा कुनै अध्ययन नभएको र निर्णय पनि नभएको जनाइएकाे छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




