यस्ताे छ गायक लक्ष्मण कुमार राईकाे ‘पिरतीकाे भाका'(भिडियाे)

-


     आरजू विष्ट सल्यानी    
     जेठ ३० गते २०७९ मा प्रकाशित


काठमाडाैं, ३० जेठ ।

पिरतीको भाका मीठो वैंशालुको वैंश
मलाई औधि माया गर्ने माया कहाँ गईछ ।

सुरूका यी दुई सुललित पंक्ति गायक लक्ष्मण राईले गाएको “पिरतीको भाका” बोलको गीतका हुन । रचना गायक राईकै हो भने संगीत युवा पुस्ताका गायक/संगीतकार चेतन राईको हो ।

उनका चेलाचेलीहरु राज्यका ठूला ओहोदामा पुगिसकेका छन् । कोहि डाक्टर भईसके, कोहि प्रशासक, कोहि सुरक्षाका अधिकारीहरु बनिसके। कोहि भने संफेद, पारदर्शी र जनउत्तरदायी हुन नसकिरहेको राजनीतिमा होमिएका छन् ।

उनले त आधा जिन्दगी अरुलाई मान्छे बनाउन शिक्षादिक्षा दिनमै खर्च गरे । उनी जहाँ छन् त्यहीं ररिहेका छन् । उनका समकालिन कोहि त्यहीं छन् । कोहि ठूला शहरमा जमेका छन् त कोहि परदेशमा छन् । ३५ वर्ष शिक्षण पेशाका सेवाधर्मि भई हाल रिटायर्ड जीवनलाई सिर्जनाकाे लयमा लहराइ रहेका सक्रिय लक्ष्मण कुमार राईको हामी सिर्जनाको कुरा गर्दैछौं।

राई एक कुशल वाद्यवादक हुन्। उनले कुशलतापूर्वक हार्मोनियम, वासुरी, मादल, तबला र गितार बजाउँ छन्। राईको भर्खरै आफनै शव्द र स्वरमा “पिरतीको भाका मीठो वैंशालुफको वैंश”, मलाई औधि माया गर्ने माया कहाँ गईछ ।” बोलको गीत सार्वजनिक भएको छ ।

लक्ष्मण राई सल्यान जिल्लाका अहिलेकाे पुस्ताका लागि एक प्रेरक व्यक्तित्व हुन् । गायक, गायीकाहरुको गुरु हुन् । विशेष उनी वाद्यवादक पनि हुन् । सानै उमेरदेखि गीत, संगीत, गायन र नाट्य कलामा योगदान दिदैं आएका राईकाे अर्को कला फाईन आर्ट हो । उनले आफ्नो जीवनकालमा पहिचान शिक्षण पेशा, कला, संगीत र गायन अनि साईन बोर्ड लेखनबाटै बनाए। यो क्रममा उनले धेरै कलाकारलाई सिप पनि सिकाए ।

समय परिस्थितिले केके नमिलेपछि चाहेका काम गर्नमा वाधाहरु आउँछन् मानिसलाई । श्रष्टा राईमा पनि त्यो लागू हुन्छ । तर लगाव राखिरहने हाे भने कुनै दिन संयाेगकाे दिन फिर्ने रहेछ भने झैं जीवनको पछिल्लो समयमा उनमा पलाएको जोसले उनलाई प्रमाणिक रुपमा गीतकार र गायकको दर्जा दिएको छ जो उनको प्रतिभाकै कारणले हो ।

सेकाइ ईन्टरटेन्टमेन्टले राईको सिर्जनाका लागि सहजिकरण गरिदिएको छ । पिरतीको भाका बोलको गीतमा शव्द, स्वर लक्षमण राईको रहेको छ । युवा संगीतकार चेतन राईले सुगम संगीतकाे मीठाे रस दिएका छन् ।

गीतको एरेन्जरमा सूर्य रुम्बा रहेका छन् । मिक्स/मास्टर आरबि लामा सिंगदान, काष्टमा संयम सिंह र सेलिना प्रधान रहेका छन् । एमयूए दीया रिजाल, पोडक्सन म्यानेजरमा बिक्रम तामाङ रहेका छन् । क्यामरा असिस्ट विशाल थापाको, पोशाक नेम ईट, ड्रोन अनिल कटवालले चलाएका हुन् भने संपादन फराज अर्पणको रहेको छ ।

गीतको भिडियो उत्पादनमा कल्पना श्रेष्ठ राई रहेकी छन्। निर्देशन युवा संगीतकार चेतन राईले नै गरेका हुन् । गीत हेरेर कलाकारको हौसला बढाईदिन र सुझाव दिन निर्माण टीमले सबैमा अनुरोध गरेको छ ।

भिडियाे हेर्न तलकाे फाेटाेमा क्लीक गर्नुहाेला ।